मुगुका खाद्य डिपो ३ महिनादेखि रित्तै, दशैंको मुखमा खाद्य संकटको चिन्ता

मुगुका खाद्य डिपो ३ महिनादेखि रित्तै, दशैंको मुखमा खाद्य संकटको चिन्ता

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन्। जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन्। यो वर्षको दशैंसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ।

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा बिक्री केन्द्र असारदेखि रित्तै छन्। डिपो केन्द्रहरुमा खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ।

डिपो केन्द्रबाट वितरण भइरहेको चामल सकिएर डिपो कार्यालय रित्तै भएको लिमिटेड शाखा कार्यालयका सुचना अधिकारी पुस्कर भामले बताए। शाखा कार्यालय गमगढी बजारमा अहिले १ हजार  क्वीन्टल चामल मौज्दात छ। डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राहीको दैनिक भिड लाग्ने गरेको उनले जानकारी दिए।

आवश्यकताअनुसार चामल पुर्‍याउन सकिएन, दशैं पनि नजिकिंदै छ, दशैंसम्म चामल पुग्छ कि पुग्दैन भन्ने चिन्ता लागेको छ।’ भामले भने,‘ शाखा कार्यालयमा चामलको मौज्दात थोरै भएकाले प्रतिव्यक्ति एक प्याकमात्र वितरण भइरहेको छ।’ अहिले दैनिकरुपमा १ सयदेखि २ सयसम्म सदरमुकामलगायत टाढा–टाढाबाट पनि आउने गरेको उनले सुनाए।

उनले सदरमुकाममा आवश्यकताअनुसार स्थानीयलाई चामल पुर्‍याउन नसकिएको बताए। शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुँदा तथा डिपो केन्द्रहरु पनि रित्तिएलगत्तै स्थानीयहरु बजारको चर्को मूल्यको चामल खान बाध्य छन्।

‘बजारमा आएको चामल एक प्याकलाई १५ सयदेखि २ हजार सम्म बिक्री हुन्छ, किनेर खान सकिंदैन’ बजारमा कोठा भाडा लिएर बस्दै आएकी विद्यार्थी छायानाथ रारा नगरपालिका–७ की सरिता शाहीले भनिन्, ‘बजारको चामल किनेर खान सकिंदैन, निकै महंगो छ।

खाद्यबाट केही सहुलियत मूल्यमा पाइन्थ्यो, अहिले खाद्यमा पनि चामल सकिंदा रित्तो हात फर्किनु परेको छ।’ छिमेकी जिल्ला बाजुरामा पनि खाद्य डिपो लगायत शाखाहरु रितो बनेका छन्।न्युज कारखानाबाट

Logo