पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ। 

त्रिभूवन राजपथ अन्तर्गत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो। अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडकखण्ड पूर्णरुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए। अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साढे ५ बजेतिर पहिरो गएको थियो। 

पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो। प्रहरी निरीक्षक थापाले अब सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए। उनले भने, ‘बिहान साढे ५ बजेतिर पहिरो गयो। सात बजेतिर वान वे बाटो खुलायौं। अहिले सडक पूर्णरुपमा सूचारु भएको छ। अब पहिरोले असर नगर्ला।’

सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झरिरहेको छ। पहिरो निरन्तर गइरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन्।

Logo