सप्तकोशी वरपर खतराको घण्टीः बहाव तीन सय मिटर फैलियो

सप्तकोशी वरपर खतराको घण्टीः बहाव तीन सय मिटर फैलियो

केन्द्रबिन्दु
0
Shares

निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको  बहाव ३ सय मिटरसम्म फैलिएको छ । 

बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४ सय परिवारलाई असर पारेको  नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा  डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ । 
    
रामनगरका कृष्णबहादुर भुजेलकाअनुसार आइतबार राति १० बजेसम्म  पानीको बहाव नदी किनार पार गरेर ३ सय मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकोमा आज बिहान वर्षा कम भएकाले  बहाव थोरै घटेर गएको छ ।

बस्तीमै बाढी प्रवेश गर्न थालेकाले  त्यहाँका बासिन्दालाई  राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले जनाए । तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतबारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए । रासस
 

Logo