काठमाडौं उपत्यकामा आज ९०६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९०६ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ९०६ जना कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ।

नेपालमा आज २ हजार २९५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३९३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६१ हजार १२४ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ३६४ जना पुगेको छ। 

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।

आज १६ हजार २३३ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ६ हजार २९ जनाको पिसिआर र ४ लाख ६५ हजार ८४० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo