ओखलढुंगामा एक महिलाद्वारा शरीरमा डिजेल खन्याएर आत्मदाह

ओखलढुंगामा एक महिलाद्वारा शरीरमा डिजेल खन्याएर आत्मदाह

केन्द्रबिन्दु
0
Shares

सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छिन्। ४० बर्षीया मिना कुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन्।

सोमबार बिहान घरदेखि करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।  

महिलाले आत्महत्या गरेको ठाउँमा डिजेल प्रयोग गरिएका बोतल र सानो झोला फेला परेको छ। प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ।

ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन्। उनका नाबालक दुई छोरी छन्। उनले किन आत्मदाह गरिन् भन्ने खुलेकाे छैन।न्युज कारखाना

Logo