इतिहासमा आज: इराकमा १२ नेपाली हत्या भएकाे १७ वर्ष पूरादेखि दोस्रो विश्वयुद्ध समाप्तसम्म

इतिहासमा आज: इराकमा १२ नेपाली हत्या भएकाे १७ वर्ष पूरादेखि दोस्रो विश्वयुद्ध समाप्तसम्म

केन्द्रबिन्दु
0
Shares

आजकै मितिमा विश्वमा केके घटना भए ? संक्षिप्तमा हेरौँ :

१ सेप्टेम्बर १९१४ मा रसियाको दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो ।

१ सेप्टेम्बर १९२३ मा जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोकियो तथा योकोहामाका एक लाख पाँच हजार मानिसको मृत्यु भएको थियो ।

१ सेप्टेम्बर १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएको थियो । यही दिन जर्मनीले पोल्याण्डमा आक्रमण गरेको थियो ।

१ सेप्टेम्बर १९४५ मा जापानले अमेरिकासँग आत्मसमर्पण गरेको बताएपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । (यद्यपि, समयको फरकपनाका कारण जापानमा यो २ सेप्टेम्बर हुन्थ्यो ।)

१ सेप्टेम्बर १९६२ मा संयुक्त राष्ट्रसंघले पृथ्वीको जनसंख्या तीन अर्ब पुगेको घोषणा गरेको थियो ।

१ सेप्टेम्बर १९६९ मा लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए ।

१ सेप्टेम्बर १९८३ मा सोभियत जेट फाइटरले सोभियत आकाशमा प्रवेश गरेको कोरियन एयरलाइन्स बोइङ ७४७ लाई खसाल्दा २६९ जनाको मृत्यु भएको थियो ।

१ सेप्टेम्बर १९९१ मा उज्वेकिस्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।

१ सेप्टेम्बर २००४ (१६ भदौ २०६१)मा इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश म्यानपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो ।

१ सेप्टेम्बर २००४ मा सशस्त्र चेचेन लडाकुद्वारा दक्षिण रसियाका एक हजार मानिसलाई बन्धक बनाएका थिए । तीमध्ये ३०० जना मारिएका थिए । न्युज कारखाना । 

Logo