सदर चिडियाखानाः खाद्यान्न व्यवस्थापन धौ धौ

सदर चिडियाखानाः खाद्यान्न व्यवस्थापन धौ धौ

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ ।

 तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको व्यवस्थापन गर्न धौ धौ परेको छ । 

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । 

वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधाजस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताइन् । उनले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शुन्य बराबर रहेको जानकारी दिइन् ।

चालिसेले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताइन् । त्यहाँ पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छन् ।

चालिसेका अनुसार विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी छैन । 

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले जानकारी दिइन्। 
 

Logo