उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तनः अब निषेध हट्यो, आदेश बाँकी

उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तनः अब निषेध हट्यो, आदेश बाँकी

केन्द्रबिन्दु
0
Shares

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ। 

बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुपमा परिवर्तन गरेको हो। बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म जारी रहने बताए। 

उनले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार अब काठमाडौं उपत्यकामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको हकमा १८ वर्षभन्दा मुनिका बालबालिकाहरुले भ्याक्सीन नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकोले कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताए। उनले चाडपर्वहरु भौतिक उपस्थितीमा नमनाउन आग्रह गरिएको बताए। मनाउने भए सांकेतिकरुपमा मात्र मनाउन पनि आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु नहुने बताए। उनले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए÷नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताए। अनावश्यक रुपमा मानिसहरु जम्मा भएर भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

Logo