देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको मौसमविदहरूले जनाएका छन्। जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन। केही दिनयता देशका अधिकांश स्थानमा झरी परेको छैन।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्। प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ।

Logo