नेपालमा आज २ हजार २७४ जना निको भए, १ हजार ७५६ संक्रमित थपिए

नेपालमा आज २ हजार २७४ जना निको भए, १ हजार ७५६ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २७४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ।

नेपालमा आज १ हजार ७५६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३९९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ जना र एन्टीजेन परीक्षणबाट ८४ हजार ६२३ जना पुगेको छ। 

आज २३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।

आज १४ हजार ३३४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ४६ हजार १८९ जनाको पिसिआर र ४ लाख ८१ हजार ८२१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo