साठी लाख जरिवाना ठहर भएपछि फरार व्यक्ति पक्राउ

साठी लाख जरिवाना ठहर भएपछि फरार व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु ६० लाख जरिवाना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो। 

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको ०७७ माघ ४ गतेको फैसलापछि सात दिन कैद र बिगो बमोजिम रु ६० लाख जरिवानापछि फरार रहेका कट्टेललाई बिहीबार झापाको विर्तामोडबाट पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो। 

पक्राउ परेका उनले आफ्नो सिभिल बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। 

उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजायँ ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजायँ हुने गरि फैसला सुनाएको थियो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले जानकारी दिए। 

Logo