५१ किलो लागूऔषध गाँजासहित ४ जना पक्राउ

५१ किलो लागूऔषध गाँजासहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

५१ किलोग्राम लागूऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका–८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका–३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका–१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेकाहरूलाई लागूऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

Logo