काठमाडौं उपत्यकामा आज ५१९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५१९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ५१९ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन्।  

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ।

नेपालमा आज १ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २५४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७२ हजार १८२ जना र एन्टीजेन परीक्षणबाट ८५ हजार ७१३ जना पुगेको छ। 

आज २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ।

आज १५ हजार ३४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ८० हजार ८३२ जनाको पिसिआर र ४ लाख ९६ हजार ३७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo