संखुवासभा हत्याकाण्डः मृतकहरूको शव परीक्षण सकियो, डीआईजी घटनास्थल जाँदै

संखुवासभा हत्याकाण्डः मृतकहरूको शव परीक्षण सकियो, डीआईजी घटनास्थल जाँदै

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको उम्लिङमा हत्या भएका ६ जनाको शव परीक्षण (पोस्टमार्टम) गरिएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज दिउँसो मृतकहरूको पोस्टमार्टम गरिएको हो।
रिपोर्ट भने आउन बाँकी छ।

प्रदेश १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले पोष्टमार्टमपछि शवको अन्त्येष्टी गरिने स्थान भने टुंगो लाग्न बाँकी रहेको बताए।
‘यतै हुन्छ कि गाउँ लाने भन्ने टुंगो छैन’, प्रवक्ता राईले भने।

सोमबार बिहान अन्दाजी ९ :४५ बजे स्थानीयहरूले ८४ वर्षीया पार्वती कार्की, छोरा ५७ वर्षीय

तेजबहादुर कार्की, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमालाई मृत फेला पारेका थिए।

उनीहरूको शव प्रहरीले मंगलबार मात्रै उठाएर पोष्टमार्टमका लागि धरान पठाएको थियो।

घटनाको अनुसन्धानको ‘कमाण्ड’ गर्न डीआईजी जाँदै 

६ जनाको ज्यान गएको आपराधिक घटनालाई नेपाल प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्ने भएको छ।

घटना भएको तीन दिन हुँदा पनि घटनासँग सम्बन्धित कोही पनि नियन्त्रणमा नआएपछि डीआईजी अरुणकुमार बिसी घटनास्थलतर्फ लागेका छन्। आज बिहान उनी घटनास्थल उम्लिङतर्फ लागेको प्रवक्ता राईले बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनास्थलतर्फ जाँदै छ।

हाल घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोली, रिजिनल इन्टेलिजेन्स ब्युरोको टोलीसँगै जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदी नेतृत्वको टोली घटनास्थलमा छन्।

तालिमप्राप्त दुईवटा कुकुर पनि छन्।

पानी परिरहेकोले अनुसन्धानमा असर परेको एक प्रहरी अधिकारीले बताए।

Logo