राष्ट्रिय जनगणना कार्तिक २५ देखि मंसिर ९ सम्म

राष्ट्रिय जनगणना कार्तिक २५ देखि मंसिर ९ सम्म

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । 

बुधवार काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगन गरिएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनाएको हो । 

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रुपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना पुनः सञ्चालन गर्ने निर्णय गरेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

महानिर्देशक श्रेष्ठका अनुसार १२औं शृंखलाको आगामी जनगणनामा ३९ हजार गणक, ८ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेर सम्पूर्ण घर, सम्पूर्ण परिवार र सम्पूर्ण व्यक्तिको गणना गरिने उनले बताए । 

हालसम्म ७ वटै प्रदेशमा ७ वटा प्रदेश जनगणना कार्यालय, ७७ जिल्लामा ८० वटा जिल्ला जनगणना कार्यालय रहेको र ७५३ स्थानीय तहका लागि ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्न लागिएको छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने धारणा राखे । 

केन्द्रीय तथ्यांक विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भाद्र २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्व निर्धारित कार्यक्रमानुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । तर कोरोना कहरले स्थगित भयो ।

बिं.सं १९६८ मा चन्द्र समशेर जबराको पालोबाट शुरु गरिएको राष्ट्रिय प्रत्येक १०\१० वर्षमा गरिन्छ । 

यो जनगणना मुलुक संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना हो । 

 

Logo