थारु समुदायको पर्व अट्वारीमा ५ जिल्ला विदा

थारु समुदायको पर्व अट्वारीमा ५ जिल्ला विदा

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशको दाङ, बाँके र बर्दिया जिल्लामा आउँदो आइतबार (२७ भदौ) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । 

थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा ती प्रदेश सरकारले बिदा दिने निर्णय गरेका हुन् । 
    
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कैलाली र कञ्चनपुर पुरै जिल्लामा विदा भनेको छ । उता लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले भने थारु समुदायलाई मात्र विदा भनेको छ । 
    
लुम्बिनी प्रदेशका अन्य जिल्ला कपिलबस्तु, रुपन्देही तथा पश्चिम नवलपरासीका थारु समुदायलाई विदा नदिइएकोमा रुपन्देहीका थारु जनकवि बमबहादुर थारुले आक्रोश व्यक्त गरे ।        

Logo