जातको प्रश्नः दोस्रो सिजन शुभारम्भ

जातको प्रश्नः दोस्रो सिजन शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

समता फाउण्डेशनले शुरु गरेको जातको प्रश्नको दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि शुरु हुने भएको छ । 

फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जात जातिले यसमा संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गरेको हो । 

कार्यक्रममा नायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौती रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको तिक्तता पोखे ।

कार्यक्रममा अर्का नायक दयाहाङ राईले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको धारणा राखे ।

जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गर्नेछन् । कार्यक्रममा उपस्थित ती सबैले जाति विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ । शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ अनुभव समेटिनेछ । 

 

Logo