काठमाडौं उपत्यकामा आज ३०९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३०९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ३०९ संक्रमित थपिएका छन्। आज काठमाडौंमा १८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ।

नेपालमा आज ९११ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७७ हजार १६३ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६९४ जना पुगेको छ। 

आज १३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ।

आज ११ हजार १८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ जनाको पिसिआर र ५ लाख ११ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo