इमान्दार चालक जसले गाडीमा छुटेका लाखौंका सुनका गहना यात्रुलाई बुझाए

इमान्दार चालक जसले गाडीमा छुटेका लाखौंका सुनका गहना यात्रुलाई बुझाए

केन्द्रबिन्दु
0
Shares

धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ। 

भीमदत्त नगरपालिका–१८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाएकी थिइन्। छुटेका गहना गाडी चालकले फेला पारेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। प्रहरी कार्यालयमा बुझाइएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

बुझाइएका सुनका गहनामा छड्के तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र औंठी दुई थान रहेका छन्। गहनासँगै रहेको नगद रकम रु एक हजारसमेत विकलाई बुझाइएको छ।रासस

Logo