नेपालमा आज १ हजार २६० निको भए, १ हजार ४८६ संक्रमित थपिए

नेपालमा आज १ हजार २६० निको भए, १ हजार ४८६ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ।

नेपालमा आज १ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३३७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७८ हजार ३१२ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ३१ जना पुगेको छ। 

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ।

आज १६ हजार ५३९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ३४ हजार ५९३ जनाको पिसिआर र ५ लाख १५ हजार ९८८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo