नौ वर्षीया बालिका बलात्कार आरोपीलाई साढे १२ वर्ष कैद र तीन लाख जरिवाना

नौ वर्षीया बालिका बलात्कार आरोपीलाई साढे १२ वर्ष कैद र तीन लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई १२ वर्ष छ महिना कैद सजाय सुनाइएको छ। नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धर्मदेवी नगरपालिका-९ का २० वर्षीय युवकलाई साढे १२ वर्ष कैद सजायको फैसला सुनाइएको हो।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजालसले आइतबार कसुर ठहर गर्दै १२ वर्ष छ महिना कैद र तीन लाख रुपैयाँ जरिवाना तोकेको छ। जिल्ला अदालत संखुवासभाका सूचना अधिकारी डिल्ली प्रसाईंले अदालतको आदेशसँगै आरोपी युवकलाई जिल्ला कारागार चलान गरिएको बताए।

बलात्कार आरोपमा पीडित पक्षले ४ पुस २०७७ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। पीडित पक्षको उजुरीका आधारमा आरोपीलाई प्रहरीले ४ पुसमै पक्राउ गरेको थियो। जिल्ला अदालतमा २६ पुसमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो।न्युज कारखाना

Logo