कोरोना अपडेटः १ हजार २७९ जना निको भए, ८३४ संक्रमित थपिए

कोरोना अपडेटः १ हजार २७९ जना निको भए, ८३४ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २७९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ।

नेपालमा आज ८३४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १०४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९१ हजार ३९२ जना र एन्टीजेन परीक्षणबाट ९० हजार ५४७ जना पुगेको छ। 

आज ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ।

आज १३ हजार ७३६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४१ लाख ६२ हजार ४२२ जनाको पिसिआर र ५ लाख ६४ हजार ९९८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo