कैलालीको चुरे गाउँपालिकामा पुनः पहिरोको उच्च जोखिम: गत वर्षकै ३ सय पहिरो पीडित परिवारको बिचल्ली

कैलालीको चुरे गाउँपालिकामा पुनः पहिरोको उच्च जोखिम: गत वर्षकै ३ सय पहिरो पीडित परिवारको बिचल्ली

केन्द्रबिन्दु
0
Shares

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । 

दुई बर्ष अघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् । 

पहिरोबाट प्रभावित हुनेहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । 

बैज्ञानिक मापदण्ड बिपरित बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । 

पहिरोको कारणले गाँउनै बिस्थापित भइरहेका छन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाउँ नै  बिस्थापित हुन थालेका हुन ।

पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले बिस्थापतिहरुको बारेमा केही नगरेको स्थानीयले आरोप लगाएका छन् ।

गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणीका ३ सय परिवार बिस्थापित भएका थिए ।  

यस्तै यही भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छ ।

Logo