सिन्धुपाल्चोक केन्द्र बनाएर दुईपटक भूकम्प

सिन्धुपाल्चोक केन्द्र बनाएर दुईपटक भूकम्प

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर शनिबार मात्र दुई पटक भूकम्प गएको छ। साँझ ७ बजेर ५८ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार ८ बजेर १३ मिनेटमा पनि ४.१ रेक्टरको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको थियो। 

भूकम्प गएपछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए। शुक्रबार पनि सिन्धुपाल्चोकबाटै ४.२ रेक्टरको भूकम्प गएको थियो।

Logo