कोरोना अपडेटः १ हजार ४०५ जना निको हुँदा ६७९ संक्रमित थपिए

कोरोना अपडेटः १ हजार ४०५ जना निको हुँदा ६७९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४०५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ।

नेपालमा आज ६७९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १०५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९७ हजार १९२ जना र एन्टीजेन परीक्षणबाट ९२ हजार ३४ जना पुगेको छ। 

आज ७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ।

आज १० हजार ९२० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख २८ हजार १६३ जनाको पिसिआर र ५ लाख ८७ हजार ५६१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo