कोरोना संक्रमण दर ८.१ प्रतिशतमा झर्याे

कोरोना संक्रमण दर ८.१ प्रतिशतमा झर्याे

केन्द्रबिन्दु
0
Shares

नेपालमा आइतबार कोरोना संक्रमणदर ८.१ प्रतिशत रहेको छ। २४ घण्टामा परीक्षण भएका ७ हजार ७ सय ७० वटा पिसिआर नमुनामध्ये ५ सय ७४ जनामा कोरोना पुष्टि भएको हो। पिसिआर र एन्टिजेन दुवै नमुना परीक्षण भएकामध्ये ६ सय ७९ जनामा कोरोना पुष्टि भएको हो।

थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ। हाल देशभरिमा १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित छन् भने १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा छन्।

३ सय ३७ जनाको भने आइसियुमा उपचार भइरहेको छ। आइतबार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात मात्र छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ। 

Logo