३८ क्विन्टल सुन तस्करी मुद्दा: गोरेसहित ६ जनालाई जन्मकैद

३८ क्विन्टल सुन तस्करी मुद्दा: गोरेसहित ६ जनालाई जन्मकैद

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा ८ जनालाई दोषी ठहर गरेको छ । 

मंगलबार करिब ३८ क्विन्टल सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायाधीश भरत लम्सालको इजलासले कर्तव्य ज्यान मुद्दाका ६ जना प्रतिवादीहरूलाई जन्मकैदको सजाय सुनाएको हो ।

जन्म कैदको सजाय पाउनेहरूमा मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती, कृष्ण भनिने नरेन्द्र कार्की, भोजे मामा भनिने भोजराज भण्डारी, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले रहेका छन् ।

गोरेको अपहरण तथा शरीर बन्धक मुद्दामा कसुर कायम रहेको छ । अदालतले अर्को पेसीबाट उक्त कसुरमा सजाय निर्धारण गर्नेछ । 

त्यस्तै अदालतको फैसलाअनुसार घटनामा संलग्न भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय रहेको छ ।

Logo