सुदूरपश्चिममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, ३९ स्थानमा प्रहरी परिचालन

सुदूरपश्चिममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना, ३९ स्थानमा प्रहरी परिचालन

केन्द्रबिन्दु
0
Shares

चाडपर्वको बेला हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो । 

सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले बताए । 

चन्दले सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था गरिएको बताउँदै चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे जानकारी दिए । 

प्रहरी वरिष्ठ उपरीक्षक चन्दले प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको पनि जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाइएको बताए । उनले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर प्रदेशभर विशेष सुरक्षा योजना लागू गरिएको जनाए ।

Logo