खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

केन्द्रबिन्दु
0
Shares

खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत छानिएका छन् ।

खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ ।

त्यसैगरी थप दुई सदस्य पछि मनोनयन गर्ने गरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतमलाई सदस्यमा चयन गरिएको छ ।

खोपकेको अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा को यो दोश्रो कार्यकाल हो । 

Logo