नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, ‘अनटेस्ट’, अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका र  नम्बर प्लेट ढाकिएका मोटरसाइकल विरुद्ध विशेष अभियान सञ्चालन गरेको जानकारी दिए । 

विशेषगरी नयाँ ‘अनटेस्ट’ र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेकाले यस्ता मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको भट्टराईले बताए ।

ट्राफिक नियम उलङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपाराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ । 

त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सय देखि एक हजार ५ सय रूपैँयासम्म जरिवाना गर्दै आएको छ । रासस

Logo