सीता भण्डारी मृत्यु प्रकरणमा तीन जना पुर्पक्षका लागि थुनामा

सीता भण्डारी मृत्यु प्रकरणमा तीन जना पुर्पक्षका लागि थुनामा

केन्द्रबिन्दु
0
Shares

रूपन्देहीको तिलोत्तमा नगरपालिका- ५ की २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा जिल्ला अदालत रूपन्देहीले तीन जनालाई थुनामा राख्ने आदेश दिएको छ।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका मृतक सीताका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएको हो। बुधबार भएको थुनछेक बहसपछि मृतकका श्रीमान् टीका पौड्याल, जेठाजु हरि पौड्याल र दिदी विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।

अदालतले दिएको आदेशबमोजिम तीनै जनालाई जिल्ला कारागार भैरहवा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको ठहरसहित अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

भण्डारी गत २० भदौमा आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको बताएका थिए।

छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। इलाका प्रहरी कार्यालय बुटवलले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो।

आन्दोलन सुरु भएपछि आत्महत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो। लगत्तै आरोपित श्रीमान् टीका पौड्याल, उनकी दिदी विष्णु पौड्याल, जेठाजु हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मृत्यु भएको करिब एक महिना हुन लाग्दासमेत मृतकको शव उठेको छैन।

भण्डारी परिवारमा सम्पत्ति बेचबिखनबारे लामो विवाद थियो। त्यो विवाद उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको प्रहरीले जनाएको छ। टीका र सीता पाल्पामा रिसोर्ट संचालन गर्दै आएका थिए। त्यही रिसोर्ट बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा परिवारमा विवाद थियो।न्युज कारखाना

Logo