उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज

केन्द्रबिन्दु
0
Shares

उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ।

स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ। स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पीडित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो। ढुङ्गा मुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ। 

ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज गरेको छ। अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ। समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन।  

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको बुधबार बिहान मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो।न्युज कारखाना

Logo