प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु, सुनसरीमा प्रहरी र स्थानीयबीच झडप

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु, सुनसरीमा प्रहरी र स्थानीयबीच झडप

केन्द्रबिन्दु
0
Shares

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर तनावग्रस्त बनेको छ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ। ढुङ्गामुढा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको छ। झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजितरुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन्।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथि जाई लागेको थियो। झडपका क्रममा प्रहरी कार्यालय र परिषरका संरचनामा क्षतिसमेत पुगेको छ। कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन्। 

Logo