जे.ए. ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २ सय थान ज्याकेट वितरण

जे.ए. ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २ सय थान ज्याकेट वितरण

केन्द्रबिन्दु
0
Shares

जे.ए. ग्रुपका संस्थापकहरुले बडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन्। संस्थापकहरु अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्तरुपमा बरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई आइतबार हस्तान्तरण गरे।

उनीहरुले नेपालीहरुको महान चाडको अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए। उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आइरहेका छन्। जे.ए.ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन्।

जे.ए. ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरी निःशुल्क औषधिसमेत वितरण गर्दै आइरहेको छ। 

संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो। युवा उद्यमी जिज्ञासा अर्यालले सेवाअनलाइनसमेत संचालन गरिहेकी छन्। सेवा अनलाइनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी बाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउने लैजाने सेवा दिँदै आएको सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए।

जे.ए. ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ। यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ।

Logo