दसैंमा झरि पर्ला की बादल लाग्ला?, यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान

दसैंमा झरि पर्ला की बादल लाग्ला?, यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

अहिले देशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।

यस्तो छ तीन दिनको पूर्वानुमान

सोमबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार
दिउँसो: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

बुधबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

Logo