अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अछाममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका-१ मा गएराति साढे ११ बजेतिर जीप दुर्घटना भएको हो।

विनायक बजारतर्फ फर्किँदै गरेको से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते २ जनालाई राति नै थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ।

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका-३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको प्रजिअ मल्लले बताए। 

जीप कच्ची सडक खण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ। दुर्घटना राति भएकाले चालकको पहिचान हुन सकेको छैन।

जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको हाे।

Logo