भक्तपुरमा चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

भक्तपुरमा चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छिन् । 
    
जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ ।
    
छलफलमा नगरकोट सडक तत्काल मर्मत गरी निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहज रुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिएकी हुन् । 
    
आफूले यहाँ आएपछि जिल्लाका अधिकांश सडक घुम्ने क्रममा सडकको कन्तबिजोग देखेको उल्लेख गर्दै उनले सडकको दुरावस्थाको तस्विर र जनताबाट आएका गुनासाको चाङ देखाएर जनगुनासो नआउने गरी काम गर्न निर्देशन दिइन् । रासस

Logo