कोरोना अपडेटः आज ८८८ जना निको भए, ७८५ संक्रमित थपिए

कोरोना अपडेटः आज ८८८ जना निको भए, ७८५ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ।

नेपालमा आज ७८५ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, एन्टीजेन परीक्षणबाट १२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख २ हजार ८६१ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९३ हजार ११६ पुगेको छ।

आज १२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ।

आज १२ हजार १९५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ९६ हजार १७१ जनाको पिसिआर परीक्षण गरिएको छ। एन्टीजेन परीक्षण ६ लाख १९ हजार ९२४ पुगेको छ।

Skip This
Skip This
Logo