घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ८ को मृत्यु

घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ८ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा चालकसहित १० यात्रु सवार रहेकोमा आठ ८ जनाको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। 

अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङका अनुसार जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Skip This
Skip This
Logo