दसैँ, तिहार र छठ विदामा मानव अधिकार आयोग खुल्ला रहने

दसैँ, तिहार र छठ विदामा मानव अधिकार आयोग खुल्ला रहने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरु दसैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि उक्त बिदामा आयोग खुल्ला रहेछ।

यस अवधिमा आयोगले मावन अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत गर्ने जनाइएको छ।

Logo