डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष रहेका छन् ।  

बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।  बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस

Logo