लडेर गम्भीर घाइते भएका ढुङ्गेललाई हेलिकप्टरबाट उद्दार

लडेर गम्भीर घाइते भएका ढुङ्गेललाई हेलिकप्टरबाट उद्दार

केन्द्रबिन्दु
0
Shares

दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर  घााइते भएका  एक व्यक्तिको  उद्दार गरी  उपचारको लागि काठमाडौँ लगिएको छ । 

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका  नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए । टाउँकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलास एयरको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।

उनलाई घाँस काट्नेलेहरुले भेटेपछि उद्वार गरिएको र  घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए । 

Logo