राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने : ज्ञानेन्द्र शाह

राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने : ज्ञानेन्द्र शाह

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् । 

दसैंको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् । 

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याइए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैनन्  भन्ने बोध हामीले गरेका छौँ’, उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

यस्तै उनले परराष्ट्र नीति असन्तुलित हुँदा राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका छन् । 
 

Logo