मुगु दुर्घटनामा बाँचेका भन्छन्, ‘बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि केही थाहा छैन’

मुगु दुर्घटनामा बाँचेका भन्छन्, ‘बस चार बल्ड्याङ खाँदासम्म होस थियो, त्यसपछि केही थाहा छैन’

केन्द्रबिन्दु
0
Shares

'बस गुडिरहेको थियो। अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिएँ। एक्कासी केही पड्किएको आवाज आयो। त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो। चार बल्ड्याङ खाँदासम्म होस थियो। त्यस पछि के भयो थाहा छैन,' नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाको अवस्था बताएका हुन्। उनको भनाइमा चालकले राम्रै चलाएका थिए। 'दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,' उनी सुनाउँछन्।

मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको  छ। तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए।

यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो।न्युज कारखाना

Logo