महाष्टमीमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड

महाष्टमीमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान चार्ड विजया दशमी (बडा दशैँ) को आठौं दिन आज महाअष्टमी पर्व भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइँदैछ।

बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भीड लागेको हो । काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भीड लागेको छ। काठमाडौंका नक्शाल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, संकटा, नरदेवी, इन्द्रायणी र शोभा भगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको भीड छ। 

महाष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ। आजको दिन देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिएर महाष्टमी पर्व मनाउने गरिन्छ ।

कलपूर्जा, हातहतियार र गाडीहरुलाई आज भगवतीको अस्त्रको रुपमा पूजा गर्ने चलन छ। पशुबली नदिनेहरुले आज आफ्नो पूजाकोठामा कुभिन्डो, नरिवल, घिरौँला, लौका लगायतको बली दिने गर्दछन्।

Logo