हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैँ मनाउनुहोस् : आईजीपी क्षेत्री

हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैँ मनाउनुहोस् : आईजीपी क्षेत्री

केन्द्रबिन्दु
0
Shares

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, बिदा नपाउँदा मन खल्लो भइहाल्छ ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैँ मनाउने गरिन्छ ड्युटीलाई असर नपर्ने गरी । यसपालि पनि दसैँमा यसरी नै मनाउने तयारी प्रहरीको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग फौजी दसैँबारे कुराकानी:

मेरो त्यस्तो विशेष योजना केही छैन । पुलिसको अफ ड्युटी हुँदैन । मातहतसँग अल द टाइम जोडिनुपर्छ । त्यस कारण व्यक्तिगत दसैँ हुँदैन । बिदाको दिन पनि जागिर खाने हो । मेरो घर उपत्यकामै भएकाले एक छिन समय निकालेर आम नागरिकजस्तै टीका लगाउँछु ।

बुवा आमा हुनुहुन्छ । उहाँहरूबाटै टिका लगाउँछु । पारिवारिक घुमघाम र अध्ययनका लागि मैले फुर्सद नै पाउँदिन । फोन उठाउन त भ्याउँदिन । देशभरिको सुरक्षाको कुरा हुन्छ । यसमै केन्द्रित हुने हो । ब्यारेकभित्र आ-आफ्नो युनिटले, आ-आफ्नो शैलीमा शान्ति सुरक्षाको बहाली राख्दै एक प्रकारको परम्परागत अभ्यासमा मनाउने हुन्छ । सेक्युरिटीलाई कम्प्रमाइज गरेर दसैँ मान्ने पुलिसको हुँदैन ।

सुरक्षामै कन्सर्ट हुने, दसैँमा ठुला घटना नघटुन् भन्ने नै फस्ट प्रायाेराेटी हो । आम पब्लिकले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन सकियो भने मेरो लागि, सिंगो संगठनका लागि दसैँ त्यहीँ हो ।  न्युज कारखाना

Logo