जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयो

जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयो

केन्द्रबिन्दु
0
Shares

बलिको विरोध भइरहँदा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएको छ । 

बुधवार राति ८ बजे सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार यस वर्ष दशैको महाअष्टमीमा राजदेवी मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको छ ।

गत वर्ष कोरोना महामारीका कारण ८ हजार ९६८ वटा मात्रै बोका बलि प्रदान गरिएको थियो ।  बोका बलि दिन नेपाल तथा छिमेकी मुलुक भारतका श्रद्धालु भक्तजनहरूको आएका थिए । गत वर्ष कोरोना महामारीका कारण सीमावर्ती क्षेत्र र ग्रामीण क्षेत्रबाट न्यून संख्यामा श्रद्धालु भक्तजनहरू आएका थिए ।  

दसैँको घटस्थापनादेखि नै जनकपुरधामका राजदेवी मन्दिरसहित विभिन्न शक्तिपिठहरुको पूजापाठ हुँदै आएको छ ।  न्युज कारखाना 

Logo