राष्ट्रपति भण्डारीद्वारा नवकन्याहरूको पूजा

राष्ट्रपति भण्डारीद्वारा नवकन्याहरूको पूजा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडा दसैँको नवौँ दिन नवकन्याहरूको पूजा गरेकी छन् ।

बिहीबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरूको पूजा गरेकी हुन् । विजया दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । 

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरूको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकै पटक नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानेर पूजा गरिएको हो । यसैक्रममा राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरूको पूजा गरेकी हुन् ।

Logo