दसैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौं सुनसान (भिडियाे)

दसैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौं सुनसान (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान् पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ।

बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो। सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन्। 

सडकमा हिँड्डूल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन्। काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन्। 

दसैँमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ। 

 

Logo