विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल

विजयादशमीको टीकासँगै मान्यजनकहाँ आशीर्वाद लिन जानेको चहलपहल

केन्द्रबिन्दु
0
Shares

बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी अन्य ठूलाबडाका घरमा आशीर्वाद लिन जानेको चहलपहल देखिन थालेको छ।

घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको हाे। यो सँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन्।

आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ। त्यसै दिन सबै बलि पूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ। 

कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ।

मान्यजनबाट टीका लगाएर हर्षोल्लासका साथ बडा दसैँ मनाइँदै

दसैँको मुख्य दिन (विजया दशमी) आज मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दसैँ मनाइँदैछ।

नेपालीहरुको महान चार्ड विजया दशमी (बडादसैँ) मा आज देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दसैँ मनाउने गर्छन्। आज बिहान ८ः१९ बजे देवी विसर्जन गरी १०ः०२ बजेको शुभ साइतमा टीका लगाइएको हो। 

आज दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान १०ः०२ मा शुभ साइत रहेको थियो। घटस्थापनाको दिनदेखि नौ दिनसम्म दसैँ घरमा राखिएको जमरासहितको टीका लगाउने र दसैँघरमा राखिएको कलशको जलको अभिषेक लिने गरिन्छ। नेपालीहरु विशेष गरेर दसैँमा पिङ खेल्ने, रमाइलो गर्ने गर्दछन्। 

Logo